गुमनाम पतिको खोजीमा निस्किएकी ‘राधा’ – ट्रेलर



रंगखबर, काठमाडौँ – सृष्टि श्रेष्ठको शिर्ष भूमिका रहेको फिल्म ‘राधा’को ट्रेलर रिलिज गरिएको छ ।

सुवर्ण थापा निर्देशित फिल्मले गुमनाम पतिको पर्खाइमा रहेकी एक महिलाको कथा भन्छ । एकल महिलाको रुपमा नेपाली समाजमा अझै पनि सहज छैन भन्ने कुराले ट्रेलरले पुष्टि गर्छ ।

यसअघि हिरोको पछाडी देखिदै आएकी सृष्टिले यसपटक फिल्म काँधमा बोकेकी छन् । केन्द्रिय पात्रमा आफुलाई प्रभावशाली देखाएकी छन् ।

फिल्ममा खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्य देव, लोकेन्द्र लेखक, बुद्धि तामाङ, पशुपति राई, निश्चल बस्नेत, दयाहाङ राई, सौगात मल्ललगायतका कलाकारहरुको पनि अभिनय छ ।

फिल्ममा खगेन्द्रले पत्रकारको भूमिका निर्वाह गरेका छन् ।

निर्देशक थापा कै लेखनमा तयार फिल्ममा नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटाको संगीत र निमेष श्रेष्ठको सम्पादन छ ।

भदौ १० देखि प्रदर्शनमा आउने फिल्मलाई सौगात मल्ल, देवकी विष्ट र बिक्रम दास जोशीले निर्माण गरेका हुन् ।

फिल्मका कार्यकारी निर्मातामा निकुन श्रेष्ठ र फिरोज खड्का रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्