‘छक्का पन्जा ४’ निर्माण घोषणा, दीपा-दीपक अभिनयमा



रंगखबर, काठमाडौँ – जब दीपक-दीपा टिमका फिल्म हलमा रिलिज हुन्छन, तब बक्सअफिस गर्माउछ । यस कमेडी टिमले निर्माण गर्दै आएको फिल्म सिरिज ‘छक्का पन्जा’ले नेपाली बक्सअफिसमा वर्चश्व जमाउदै आएको छ । अब फेरि दीपक-दीपाको टिमले ‘छक्का पन्जा’ सिरिजलाई नै अगाडी बढाउने भएको छ ।

सोमबार निर्माण पक्षले ‘छक्का पन्जा ४’को शुभमुहूर्त गरेको छ । यसअघिका तीन शृंखला निर्देशन गरेकी दीपाश्री निरौलाले यसपटक निर्देशनको जिम्मा हेमराज बिसीलाई सुम्पिएकी छन् ।

विशेष गरि लभस्टोरी फिल्म निर्देशकको छवि बनाएका हेमराजको यो पहिलो कमेडी निर्देशन हुनेछ ।

साउन महिनाभित्र छायांकन सक्ने गरि फ्लोरमा निस्किएको फिल्मलाई तिहारमा रिलिज गर्ने लक्ष्य राखिएको छ ।

फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशी, निर शाह, निर्मल शर्मा, राज आचार्यलगायतका कलाकारहरुको अभिनय रहनेछ । यसपटक जितु नेपाल भने रहने छैनन् । दीपक-दीपा टिममा जितुपनि एक महत्वपूर्ण कलाकारको रुपमा थिए ।

पुरानो टिमको रुपमा शुभकामना दिन जितु सेट मै पुगेका थिए । साथै आफु  स्वतन्त्र कलाकार रहेको र कुनै पनि टिममा आवद्ध नरहेको बताए ।

आमा सरस्वती मुभिजको व्यानरमा निर्माण हुने फिल्मका कार्यकारी निर्मातामा केदार घिमिरे र निर्मल शर्मा छन् । फिल्मलाई नरेन्द्र मैनालीले खिच्नेछन् ।

प्रतिक्रिया दिनुहोस्