‘चिसो मान्छे’ र ‘पानीफोटो’को असफलताले ‘प्रकाश’को भविष्यमा प्रश्न



रंगखबर, काठमाडौँ – कोरोना कालपछि थुप्रै नेपाली फिल्मको कथा पश्चिम नेपालबाट झिकिएको छ ।

नेपाली फिल्मबाट जहिलेपनि टाढा रहेको कर्णाली र सुदुरपश्चिम अहिले नेपाली मेकरको केन्द्रमा रहेको छ । छायांकन र रिलिजको तयारीमा रहेका केहि फिल्मले सुदुरपश्चिम र कर्णालीको भाषा, रहनसहनलाई आत्मसाथ गरेका छन् ।

सुदुर र कर्णाली जस्ता विकासमा पिछिडिएका क्षेत्रको कथा केन्द्रले खोज्नु पक्कै पनि सुखद पक्ष हो । तर, सुदुर र कर्णालीलाई पृष्ठभूमिमा राखेर निर्माण गरिएका फिल्मले नत दर्शकको मन जित्न सकेका छन्, बक्सअफिस सफलता हाँसिल गरेका छन् ।

नतिजा थाहा पाउन यो वर्ष रिलिज भएका केहि फिल्मको हविगत हेरे पुग्छ ।

‘चिसो मान्छे’ र ‘पानिफोटो’ । जो पश्चिमको सेटिङमा निर्माण भएका थिए । तर, यी फिल्म समिक्षात्मक र व्यवसायिक रुपमा असफल हुँदा भदौ १० मा रिलिज हुने ‘प्रकाश’माथि प्रश्न तेर्सिएका छन् ।

हुनत, आशा गरिएका यी फिल्म पश्चिमलाई पृष्ठभुमि बनाएर असफल भएका होइनन् । बरु यी फिल्ममा निर्देशकले पश्चिमलाई अन्य प्रदेशका दर्शकसंग जोड सकेका छैनन् । अरु त त्यस्तै हो फिल्मसंग सम्बन्धित क्षेत्रका मानिसले समेत यी फिल्ममा रुचि देखाएनन् ।

त्यसैले प्रदीप खड्का स्टारर ‘प्रकाश’लाई पक्कै पनि चुनौती हुनेछ । यदि प्रचार-प्रसार र प्रस्तुतिकरणमा अब्बल भए ‘प्रकाश’ले उज्यालो छर्न सक्छ ।

लगातार पश्चिमेली फ्लेवरका फिल्म रिलिज भैरहेको र सफलता पाउन चुकेका कारण ‘प्रकाश’माथि सबैको नजर परेको छ । के यो फिल्म अन्य भन्दा खरो उत्रन सक्ला वा भदौको भेलमा बगेको पत्तै नपाइएला ? पर्ख र हेरको स्थिति आएको छ ।

दिनेश राउतले निर्देशन गरेको फिल्म ‘प्रकाश’मा प्रदीपसंगै दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रेणु योगी, निरज पन्थीलगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्