मुम्बईमा ‘प्रेमगीत ३’को प्रेसमिट, होडिङ बोर्डमा टाँसियो पोस्टर



रंगखबर, काठमाडौँ – प्रदीप खड्का स्टारर फिल्म ‘प्रेमगीत ३’ टिमले मुम्बईमा पहिलो प्रेसमिट गरेको छ ।

मुम्बईको एक रेस्टुरेन्टमा आयोजित प्रेसमिटमा प्रदीपसहित अभिनेत्री क्रिस्टिना गुरुङ, निर्माता एवं निर्देशक सन्तोष सेन, भारतीय वितरक र मिडियाको उपस्थिति थियो ।

सेप्टेम्बर २३ देखि नेपाल र भारतमा ‘प्रेमगीत ३’ रिलिज हुने पक्का भएपछी स्वदेशमा फिल्मको चर्चा चुलिएको छ । अहिले मुम्बई शहरका ठुला होडिङ बोर्डमा टाँसिएका पोस्टर नेपालमा भाइरल भएका छन् ।

प्रेसमिटमा बोल्दै प्रदीपले नेपाल-भारतको सिमा जस्तै हृदयपनि खुल्ला रहेको बताए । साथै भारतमा फिल्मको प्रचार सुरु भएको घोषणा गरे ।

यस्तै फिल्मकी अभिनेत्री क्रिस्टिनाले आफ्नो पहिलो फिल्मले नै ठुलो रिलिज पाउँदा हर्षित भएको बताइन । फिल्मको कथाबस्तुलले नेपाल र भारतलाई जोडेको भन्दै भारतीय दर्शकले पनि ‘प्रेमगीत ३’ मन पराउने आशा व्यक्त गरिन ।

निर्देशक सन्तोष सेनले विश्वव्यापी रिलिजको लागि सहयोग गर्ने भारतीय वितरकहरुलाई धन्यवाद ज्ञापन गरे ।

फिल्मका भारतीय निर्मातामा सुवाष कालेले ‘प्रेमगीत ३’ले नेपाली बजारलाई बिस्तार गर्न सहयोग पुर्याउने आशा व्यक्त गरे ।

सन्तोषसंगै छेतेन गुरुङको निर्देशनमा बनेको फिल्ममा प्रदीप र क्रिस्टिनासंगै शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, माओत्से गुरुङ, अनुभव रेग्मीलगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्