भुपेन चौधरीको थारु गीत ‘चलते चलते’ सार्वजनिक



रंगखबर, काठमाडौँ – गायिका अनु चौधरी र गायक भुपेन चौधरीको आवाजमा थारु गीत ‘चलते चलते’ सार्वजनिक भएको छ ।

गायक भुपेन कै शब्द रचना र संगीतमा तयार गीतमा लोक जी मिजारको एरेञ्ज छ ।

स्याड भर्सन गीतको भिडियोमा अनिल कुर्मी, चन्द्रकला कटुवाल, निक्स शर्मा, राम्जी प्रजापति, सुर्बी सुसान्त घिमिरे र युवराज चौधरीको अभिनय रहेको छ ।

पछिल्लो समय थारु गीतको लोकप्रियता बढेको भन्दै आफ्नो संस्कृतिलाई जगेर्ना गर्ने उद्येश्यले यो गीत निर्माण गरिएको गायक तथा संगीतकार भुपेनले बताए ।

त्रिकोणात्मक प्रेमकथा बुनिएको म्युजिक भिडियो थारु संस्कृति झल्काउने बनेको छ ।

म्युजिक भिडियोमा गायक भुपेन कै निर्देशन, छायांकन र सम्पादन छ ।

भुपेनले यसअघि सार्वजनिक गरेको थारु गीत ‘सनन सनन’लाई २५ लाख बढी दर्शकले हेरेका छन् । उनले ‘मदानीमा’, ‘हलचल’ बोलका गीत सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्