हलमा ‘म’ र ‘चपली हाइट ३’सहित चार फिल्म



रंगखबर, काठमाडौँ – फ्राइडे रिलिज अन्तर्गत नेपाली बक्सअफिसमा तीन फिल्म प्रदर्शनमा आएका छन् ।

नेपाली फिल्म ‘म’, हलिउडको ‘बुलेट ट्रेन’ र तेलुगु फिल्म ‘रामराव अन ड्युटी’ यो साताका फ्रेस रिलिज हुन् । साथै अर्जुन कुमारले निर्माण गरेको ‘चपली हाइट ३’ पुन: प्रदर्शनमा आएको छ ।

कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको सस्पेन्स थ्रिलर ‘म’ले अस्पतालमा भर्ना एक अपराधीको कथा प्रस्तुत गर्छ ।

सुवर्ण थापाले निर्देशन गरेको फिल्ममा सञ्जोग रसाइली, निराजन प्रधान, निशा अधिकारी, सविन श्रेष्ठ, रुबिना थापा, नरेन खड्का, सरिता लामिछाने, सरोज खनालजस्ता कलाकारहरुको अभिनय छ ।

न्यून प्रचारका बीच रिलिज भएको फिल्मलाई बक्सअफिसमा मध्यम स्थान मिलेको छ ।

ब्राड पिट स्टारर ‘बुलेट ट्रेन’ जापनिज उपन्यास ‘मारिया बीट्ले’मा आधारित छ । यस एक्सन कमेडी फिल्मलाई डेभिड लीचले निर्देशन गरेका हुन् ।

यस्तै रवि तेजा स्टारर ‘रामाराव अन ड्युटी’ मिस्ट्री एक्सन फिल्म हो । ६० करोडको बजेटमा निर्मित फिल्मले एक प्रहरी अधिकृतको कथा भन्छ ।

कोरोनाले निम्त्याएको लकडाउनको मारमा परेको फिल्म ‘चपली हाइट ३’ पुन: प्रदर्शनमा आएको छ ।

अर्जुन कुमारले निर्माण गरेको फिल्म तेस्रो पटक हल छिरेको हो । स्वस्तिमा खड्का, अर्पण थापा, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठीलगायतले अभिनय गरेको फिल्मलाई समिक्षकले राम्रो रेटिङ दिएका थिए । तर, दर्शकले पत्याएनन् ।

प्रतिक्रिया दिनुहोस्