पूजा, आकाश र सोनम अभिनित ‘सम्हालिन्छ कहिले मन’को ट्रेलर रिलिज



रंगखबर, काठमाडौँ – पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’को ट्रेलर रिलिज गरिएको छ ।

सुदर्शन थापाको निर्देशनमा बनेको फिल्मले त्रिकोणात्मक प्रेमकथा भन्छ । ट्रेलरमा पहिला पूजा र सोनमको प्रेम देखाइएको छ । त्यसपछि आकाशको आगमनसंगै तीन प्रेम जोडीको जीवनमा आउने उतारचढाव बीच ट्रेलर सकिएको छ ।

ठुलो क्यानभासमा खिचिएको फिल्मका दृश्यहरु कलरफुल लाग्छन । माथिल्लो मुस्ताङदेखि लण्डनसम्मका रमणीय दृश्यले मन लोभ्याउछन ।

फिल्मको ट्रेलरमा अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु र जेम्स प्रधानका संगीतले प्राण भरेका छन् ।

फिल्मको ‘जरुरी कुरा छ’ चार्टबस्टर हिट हुँदा ट्रेलरमा राखिएका अन्य गीतले पनि फिल्मको प्रचारमा सहयोग पुर्याउने अनुमान लगाउन सकिन्छ ।

महेश दवाडीको कथामा निर्मित फिल्ममा सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्य, मरिस्का पोखरेललगायतले पनि अभिनय गरेका छन् ।

सौरभ लामाले खिचेको फिल्ममा अर्जुन जिसीको सम्पादन छ ।

भदौ १७ देखि सार्वजनिक प्रदर्शनमा आउने फिल्मलाई अमित बस्नेत, अजित केआर थापा र परी रानाले लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्