छटको छेकोमा महजोडीको ‘महापुरुष’



रंगखबर, काठमाडौँ – भेट्रान कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको अभिनय रहेको फिल्म ‘महापुरुष’ कार्तिक ११ देखि सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।

भाइटिकाको भोलि पल्ट रिलिज हुँदा ‘महापुरुष’ले आइतबार छटको विदा आत्मसाथ गर्न पाउनेछ ।

निर्माण पक्षले दुई पोस्टर सार्वजनिक गर्दै रिलिज डेट तय गरेको हो । प्रदीप भट्टराईको लेखन र निर्देशनमा तयार फिल्ममा हरिवंश र अभिनेत्री गौरी मल्लको केन्द्रिय भूमिका छ ।

सार्वजनिक पोस्टरमा हरिवंश र गौरी बेहुला-बेहुली बनेर भागिरहेको देख्न सकिन्छ । दोस्रो पोस्टरमा हरिवंश पिंजडा बाहिरको सुगा हेर्दै मख्ख परेका छन् ।

षट्कोण आर्ट्स प्रालिको व्यानरमा निर्मित फिल्ममा राजाराम पौडेल, रविन्द्र सिंह बानियाँ, नवनायक अरुण क्षेत्री र नवनायिका अन्जना बराइलीको पनि मुख्य भूमिका छ ।

दिपेश खत्री निर्माता र रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको फिल्ममा दीपक बज्राचार्यको छायांकन र मित्रदेव गुरुङको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्