कोख भाडामा दिएपछि सौगात र सृष्टिको जीवनमा छाएको उमंग



रंगखबर, काठमाडौँ – भाडाको कोखमा आधारित फिल्म ‘माइकल अधिकारी’को गीत सार्वजनिक भएको छ ।

‘छुकछुक रेल गाडी’ बोलको गीतमा फिल्मका मुख्य कलाकार सौगात मल्ल र सृष्टि श्रेष्ठको खुसियाली देख्न सकिन्छ । पैसाको अभाव झेल्ने एक दम्पतिले कोख भाडामा दिएर जीवनमा ल्याउने उमंग गीतमा देखाइएको छ ।

रेवन सिंहको संगीत रहेको गीतमा शैलेश कँडेल क्षेत्रीको शब्द रचना र प्रताप दास/अश्मिता अधिकारीको स्वर छ ।

रञ्‍जित रौनियारको कथा र निर्देशन रहेको फिल्ममा सौगात र सृष्टिका अलावा आशान्त शर्मा, लूनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकीलगायतका कलाकारहरुको अभिनय छ ।

शैलेश कँडेल क्षेत्रीको पटकथा, संवाद रहेको फिल्ममा कमल राई/कविराज गहतराजको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा/रेवन सिंहको संगीत, राजु विक्रम थापाको छायांकन र मित्र डी गुरुङको सम्पादन छ ।

भदौ ३ देखि प्रदर्शनमा आउने फिल्मलाई निरक पौडेलले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्