‘छड्के २’मा अनमोलको लूक्स: टोन्ड बडीमा हाइलाइटेड कपाल



रंगखबर, काठमाडौँ – अभिनेता अनमोल केसी यतिबेला चितवनमा छन् । प्राय: फिल्ममा लभरव्वायको भूमिकामा देखिंदै आएका उनि ‘छड्के २’मा आफुले निर्वाह गर्ने भूमिकामा भिज्न मिहेनत गरिरहेका छन् ।

निगम श्रेष्ठको निर्देशनमा बन्ने ग्याङस्टर फिल्मको लागि अनमोलले भूमिका अनुरुप आफुलाई ढाल्न खोजिरहेका छन् ।

निर्माण पक्षले सार्वजनिक गरेको वर्कसपका तस्विरमा अनमोलको भिन्न लूक्स देख्न सकिन्छ । सेतो-खैरो कपाल अनि एङ्ग्री लूक्स । पक्कै पनि अनमोलका फ्यानहरु उत्साहित हुनेछन ।

अनमोलको मिहेनत देखेर निर्देशक श्रेष्ठ भन्छन, ‘एउटा स्टारले आफ्नो क्यारेक्टरलाई जिवन्त बनाउन गरेको यो संघर्षले टिमलाई उर्जा मिलेको छ । उनले हामीले सोचेभन्दा राम्रो गरिरहेका छन् ।’

निर्माता प्रशान्त गिरी र लक्ष्मण काफ्लेले ‘छड्के’को ब्राण्ड भ्यालु खस्किन नदिन आफुहरुले लगानीमा कुनै सम्झौता नगर्ने बताए ।

काभ्रे फिल्म्सको व्यानरमा निर्माण हुने फिल्ममा अनमोलसंगै रविन तामाङ र कमलमणि नेपाल कलाकारको रुपमा फाइनल भैसकेका छन् ।

भदौ १ देखि छायांकनमा जाने फिल्मका अन्य कलाकारहरु बिस्तारै सार्वजनिक गरिने निर्माण पक्षले बताएको छ ।

फिल्म छायांकनको लागि ६० दिने सेड्युल तयार पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्