‘प्रेम गीत ३’ को हिन्दी र नेपाली टिजर सार्वजनिक



रंगखबर, काठमाडौँ : बर्षकै प्रतिक्षित फिल्म ‘प्रेम गीत ३’ को टिजर सार्वजनिक भएको छ।  हिन्दी र नेपाली दुवै भाषामा सार्वजनिक भएको टिजरमा फिल्मका मुख्य पात्र प्रेम अर्थात् प्रदिप खड्कालाई विशेष ठाउँ दिईएको छ। सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेको फिल्ममा प्रदीपसंगै क्रिष्टिना गुरुङको प्रमुख भूमिका रहेको छ । क्रिष्टिनाको भने प्रेम गीत ३ डेब्यु फिल्म हो।

टिजर : 

बडा दशैँको अवसर पारेर यहि असोज ७ देखि नेपाल र भारतमा एकसाथ् प्रदर्शन हुने फिल्ममा प्रदीप र क्रिष्टिनाका अलावा शिव श्रेष्ठ, पुस्कर कार्की, सुनिल थापा, सन्तोष सेन, माउत्से गुरुङ, मनिष राउत, लक्ष्मी बर्देवा जस्ता कलाकारहरुको अभिनय रहेको छ।स्वर्गीय छेतेन गुरुङ र मनदीप गौतमको लेखन रहेको फिल्ममा कल्याण सिंह/एलिश कार्कीको संगीत, राजेश श्रेष्ठ/पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन र बनिश शाहको सम्पादन छ ।

आसुसेन फिल्म्स प्रोडक्सनको व्यानरमा निर्मित फिल्ममा सन्तोष सेनको निर्माण, चक्र बहादुर चन्द/डम्बर विक्रम सेनको कार्यकारी निर्माण र कुमार शान शाह/ओएसआर डिजिटलको सहनिर्माण छ ।

प्रतिक्रिया दिनुहोस्