‘माईकल अधिकारी’को ‘फापरको रोटी’मा शुष्मा र यसको ठुम्का



रंगखबर, काठमाडौँ : भदौ ३ गते प्रदर्शन हुन लागेको फिल्म ‘माईकल अधिकारी’को ‘फापरको रोटी’ बोलको गीत सार्वजनिक भएको छ। यसराज गराच र शुष्मा कार्कीले कम्मर मर्काएको गीत नाचौँ नाचौँ लाग्ने बनेको छ। शम्भुजित बास्कोटाले संगीत भरेको गीतमा शम्भुजित सहित रवि ओड र टिका प्रशाईले आवाज दिएका छन।  गीतमा फिल्मका मुख्य पात्र सौगात र सृष्टिलाई पनि देख्न सकिन्छ। गीतमा दयाराम पाण्डेको शब्द रहेको।

गीत हेर्नुस :  

रञ्जित रौनियार निर्देशित फिल्मले सेरोगेसी (भाडाको कोख)मा आधारित रहेर कथा भन्छ । पैसाको लागि कोख भाडामा दिएपछि एक दम्पतिको जीवनमा आउने उतारचढाव फिल्ममा देख्न सकिनेछ । फिल्ममा सौगात र सृष्टिले पति-पत्नीको भूमिकामा निर्वाह गरेका छन् । गोपीकृष्ण मुभिजको व्यानरमा निर्मित फिल्ममा आशान्त शर्मा, लूनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ ।
शैलेश कँडेल क्षेत्रीको पटकथा, संवाद रहेको फिल्ममा कमल राई/कविराज गहतराजको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा/रेवन सिंहको संगीत, राजु विक्रम थापाको छायांकन र मित्र डी गुरुङको सम्पादन छ। फिल्मलाई निरक पौडेलले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्