‘द डर्टी पिक्चर’को सिक्वेल बन्ने के हुनेछिन विद्या फिल्ममा ?



रंगखबर, काठमाडौँ : एकता कपूर २०११ को ब्लकबस्टर फिल्म ‘द डर्टी पिक्चर’ सिक्वेल ल्याउने योजनामा जुटेकी छन। बलिउडको सबैभन्दा बोल्ड कमर्सियल फिल्म मानिने यो फिल्मको सिक्वेल बन्ने तयारीमा छ । ‘द डर्टी पिक्चर’ सिल्क स्मिताको जीवनमा आधारित हुँदा, ‘द डर्टी पिक्चर २’ पूर्ण रूपमा फरक कथामा आधारित हुने भएकाले फिल्मका कलाकारहरु परिवर्तन हुन् सक्नेछन। स्रोतका अनुसार कृति सेनन र तापसी पन्नुलाई मुख्य भूमिकाको निर्माण टिमले लिन सक्नेछन, ‘द डर्टी पिक्चर’मा बिद्या बालनले मुख्य भूमिकामा देखिएकि थिईन अब भने सिक्वेलमा बिद्याको नहुने बुझिएको छ।

स्रोतका अनुसार तापसी पन्नु र कृति सेनन सिक्वेलमा मुख्य भूमिका खेल्न इच्छुक छन्। एकता भने कंगना रनौतलाई फिल्ममा मुख्य भूमिकाको रुपमा कास्ट गर्न चाहन्थिन्, तर उनले आफ्नो धार्मिक छविलाई खलल पार्न नचाहेको कारणले प्रस्ताव अस्वीकार गरिन्। तापसी, कृति र अन्यले आफ्नो चासो व्यक्त गरेपछि एकताले उनीहरूलाई स्क्रिप्ट तयार नभएसम्म पर्खन अनुरोध गरेकी छिन्। ‘द डर्टी पिक्चर’ मिलन लुथरियाले निर्देशन गरेका थिए भने सिक्वेल कसको निर्देशनमा बन्नेछ हेर्न बाकी नै छ।

प्रतिक्रिया दिनुहोस्