शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ संगीत तर्फको ट्रेन्डिङमा 



रंगखबर, काठमाडौँ – गायक शिव परियारको स्वरमा ‘फूलै फूल दिन्छौ कि’ गीतको रिमेक रिलिज गरिएको छ ।

आनन्द अधिकारीको शब्द रचना रहेको गीतमा आशिष अविरलको संगीत छ ।

टिकटकमा अत्याधिक हिट भएको गीत संगीत तर्फको १५ नम्बर ट्रेन्डिङमा उक्लिएको छ ।

गीतको भिडियो निर्देशन विवेक रसाइलीले गरेका छन् । भिडियोमा आकाश श्रेष्ठ, करुणा श्रेष्ठ र रुप खरेल फिचर्ड छन् ।

राग स्टुडियोको प्रस्तुति रहेको भिडियोमा सौरभ लामिछानेको छायांकन र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

https://youtu.be/YqouTgCXwcM

प्रतिक्रिया दिनुहोस्