‘असुर’लाई सफलता, दैनिक २ शो मन्चन हुदै



रंगखबर, काठमाडौँ। नाटक ‘असुर’ ले दर्शकहरुको उत्साहजनक साथ पाएको छ। गत १५ गते बाट सुरु भएको नाटकको अधिकांश शोहरु हाउसफुल भई रहेको छ। दर्शकोको चाहनालाई मध्ये नजर गर्दै दैनिक एक शो मन्चन भई रहेको नाटक केहिदिन अघि देखि दैनिक २ शो मन्चन हुन थालेको छ।  उत्कृष्ट बूकिंगले हौसिएका नाटकका मुख्य पात्र सागर कार्की भन्छन ‘ नाटकले दर्शकहरुको मन जितेकोमा एकदमै खुसी लागेको छ र मिले सम्ममा नाटकलाई दैनिक ३ शोमा ल्याउने तयारी भई रहेको छ। ‘सागरको कामलाई दर्शकहरुले औधि रुचाएका छन।

‘असुर एउटा गाउँको पारिवारीक कथा हो । जसले शक्ति प्राप्तको लागि भोको व्यक्तिको कथा भन्छ । यो कथामा एकै परिवारका दुई पिँढीको विचार मिल्दैन । कोही पुरानो व्यवस्थाको प्रतिनिधित्व गर्छन् त कोही नयाँको । ‘असुर’को प्रसंग हिन्दु धर्मसंग मिल्न जान्छ । असुर एउटा शक्ति भोको पात्र हो । जो शक्ति प्राप्तिका लागी जे पनि गर्न सक्छ । कहिले देवता जस्तो त कहिले दानव जस्तो रुप लिन सक्छ । नाटकले पितृसतात्मक सोच र परिधिले कसरी महिलाको जीवनलाई दमनमा राख्छ भन्ने कुरापनि समेटेको छ ।

विवेक न्यौपाने (घने)ले निर्देशन गरेको गरेको नाटकमा राजन कार्की र शंखर कार्की निर्माताको रुपमा छन। नाटकमा सुचित्रा उप्रेती, सागर कार्की र प्रल्हाद खरेल मुख्य भूमिकामा देखिएका छन भने केशव सिंह ठगुन्ना, प्रतिक दुलाल, नमस्ते दिवाकर घिमिरे, सोफिया बज्रचार्य, विजय सापकोटा, सन्तोषी पौडेल, उज्ज्वलराज ढकाल, श्याम कार्की, बिरेन्द्र सिंह कुसवाहा, अश्मिता ढकाल, शेखर दाहाल, गंगा मगर, विशाल परियार, लक्ष्मी राई, अनिल गुरुङ, ओसन कार्की, प्रशंशा गहतराज र शुक्रराज मगरको पनि अभिनय छ।

रविन दोङको लेखन रहेको नाटकले पितृसतात्मक सोच र परिधिले कसरी महिलाको जीवनलाई दमनमा राख्छ भन्ने कुरापनि समेटेको छ । नाटकको संगीत भने नगिन तामाङ्ग ( हार्मोनियम) एवं शिवराज जोशी (तबला)ले गरेका हुन।  तर क्षेत्रिको नृत्य निर्देशन रहेको नाटकको मंच परिकल्पना लेखक दोङ आफैले गरेका हुन। आउँदो असोज ८ गते सम्म मन्चन हुने नाटकले यसरी नै दर्शकहरुको मन जितेको खण्डमा अझै शो समय अझै बढ्न सक्ने जानकारी निर्माण टिमले दिएको छ।

प्रतिक्रिया दिनुहोस्