‘हिजो आजका कुरा’ ट्रेलर



रंगखबर, काठमाडौँ। फिल्म ‘हिजो आजका कुरा’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ।  निर्माण टिमले बुधबार पत्रकार सम्मेलन गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक २ मिनेट ४५ सेकेन्डको ट्रेलरमा अमेरिकाको पी आरको लागि संघर्ष र त्यसबाट उत्पन्न हुने समस्याले घर परिवारमा ल्याएको फाटोलाई देखाउन खोजिएको छ।  ट्रेलरमा फिल्मका मुख्य पात्रहरु सबैलाई समावेश गरिएको छ।

ट्रेलर हेर्नुस : 

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई साकार पन्तले निदेशन गरेका छन भने फिल्मलाई बरिष्ट कलाकार सन्तोष पन्त र साकार पन्तले निर्माण गरेका हुन्।  प्रतिभा पन्त कार्यकारी निर्माता रहेको फिल्म रवि सायमीले खिचेका हुन भने नृत्य निर्देशकमा कविराज गहतराज रहेका छन।  फिल्मका गीतहरुमा राम कृष्ण ढकाल, मेलिना राई, हर्कुलस बस्नेत र सन्ध्या जोशीको आवाज रहेको छ भने दिपक शर्मा र हर्कुलस बस्नेतको संगीत रहेको छ।

असोज २८ गतेबाट अल नेपाल प्रदर्शन हुने फिल्ममा सन्तोष पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिव्य देव पन्त, साकार पन्त, रिमा विश्वकर्मा, स्व. जयनन्द लामा, रमेश अधिकारी जेबिका कार्की, विनायक कुइकेल, अनुश्काधिकारी, निरञ्जन प्रसाद अर्याल, लक्ष्मी भुसाल जस्ता कलाकारहरुको अभिनय रहेको छ।  यसै फिल्मबाट नव अभिनेत्रीको रुपमा अनुष्का अधिकारीले डेब्यु गरेकी हुन। फिल्मको ‘ए जदौ माया जदौ’ पहिले नै हिट सावित भै सकेको छ।

प्रतिक्रिया दिनुहोस्