नेपाली बक्सअफिसमा ‘झिँगेदाउ’को पकड



रंगखबर, काठमाडौँ – ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’ले घरेलु बक्सअफिस उत्साहजनक व्यापार गरिरहेको छ ।

‘कबड्डी ४’ पछाडी हलमा सर्वाधिक संख्यामा दर्शक उर्लिए । ‘झिँगेदाउ’ले प्रदर्शनको पहिलो साता पार गर्दै गर्दा हलमा दर्शक कमि महशुस गर्नु परेको छैन । फिल्मको सुरुवाती व्यापार बम्पर नरहेपनि दोस्रो दिनबाट पिकअप लिएको थियो ।

‘वर्ड अफ माउथ’ बलियो बनिदिंदा वीकडेजमा फिल्मले पकड जमाइरह्यो । शुक्रबार पाएका शोमा बढोत्तरी भयो । फलस्वरुप फिल्मले मेकरलाई खुसि प्रदान गरेको छ ।

विशेष गरि दर्शकले फिल्मको कथाबस्तु र प्रस्तुति रुचाएका छन् । समिक्षकले पनि फिल्मलाई राम्रो रेटिङ प्रदान गरेका छन् ।

फिल्मको व्यापारिक अंक भने निर्माण पक्षले सार्वजनिक गरेको छैन ।

भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’मा आधारित फिल्ममा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल बिष्ट, हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाललगायतका कलाकारहरुको अभिनय छ ।

पारिवारिक झमेलाको कथा भन्ने फिल्मको लेखन प्रदीप भारद्वाज गरेका हुन्।

फिल्ममा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरे (कल्पित)को छायांकन, रोशन श्रेष्ठको एक्सन र मित्रदेव गुरुङको सम्पादन छ ।

कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको व्यानरमा निर्मित फिल्मलाई सुलभ प्रतिक देउजा र समिक्षा देउजाले निर्माण गरेका हुन् । फिल्ममा सुशील दाहाल र इश्वर घिमिरेको सहनिर्माण छ ।

प्रतिक्रिया दिनुहोस्