चलेन ‘सम्हालिन्छ कहिले मन’, पूजाको २ फिल्म लगातार फ्लप



रंगखबर, काठमाडौँ : निर्माण घोषणा देखिनै चर्चामा आएको फिल्म सम्हालिन्छ कहिले मन अन्तत असफल सावित बनेको छ।  उत्कृष्ट गीत संगीतका वावजुत पनि फिल्मलाई दर्शकहरुले रुचाउन सकेनन कारण थियो फिल्मको कथावस्तु , कोरियन फिल्म ‘मोर द्‍यान ब्लु’ को हुबहु कपिको आरोप लागेको फिल्मले रिलिज भएको २ दिन सम्म दर्शकहरुलाई हल सम्म तान्न सफल भएपनि वीकडेजसम्म आईपुग्दा फिल्म असफल सावित बनिसकेको छ।

लव स्टोरीमा फिल्म बनाउन माहिर भनेर चिनीएका निर्देशक सुदर्शन थापाले यस पटक भने दर्शकहरुलाई खुसि बनाउन सकेनन बरु सोहि समयमा प्रदर्शन भएको फिल्म ‘झिङ्गेदाउ’ ले भने दोश्रो हप्ता सम्म पनि केहि हलहरुमा  हाउसफुल व्यापार गरिरहेको छ।

फिल्मको मेकिङ्ग तथा स्टार भ्यालुलाई लिएर निकैनै चर्चा भएपनि यो पटक भने पूजा र आकाशको जोडीलाई भने दर्शकले खासै चासो दिएनन बरु नव नायक सोनाम तोप्देनलाई भने सिने नगरीमा केहि आसा बोकेका कलाकारको रुपमा हेर्न थालिएको छ। पूजाको गत बर्ष रिलिज भएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ सफल मानिएपनि ‘सम्झना बिर्सना’ देखि ‘सम्हालिन्छ कहिले मन’ लगातार फ्लप सावित भैसकेको छ

प्रतिक्रिया दिनुहोस्