अदिति र धिरजको ‘मायाका रंगहरु’ सार्वजनिक



रंगखबर, काठमाडौँ : यहि असोज १४ बाट देशभर प्रदर्शन हुने फिल्म ‘बाबरी’ को ‘मायाका रंगहरु’ बोलको गीत सार्वजनिक भएको छ।  सनुप पौडेल र रचना रिमालको स्वर रहेको गीतमा  कालिप्रसाद बाँस्कोटाको शब्द तथा संगीत रहेको छ। गीत मा अभिनेत्री अदिति बुढाथोकी र नव अभिनेता धिरज नाडकरलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ। एन्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी रहेको गीतलाई  नरेन्द्र मैनालीले खिचेका हुन्।

गीत हेर्नुस : 

पुष्पलता र गणेश बुढाथोकीको लगानीमा बनेको फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्।  फिल्ममा  धिरज मगर, अदीति बुढाथोकी र धिरज नाडकर मुख्य भूमिकामा रहेका छन।  स्मरण रहोस नव अभिनेता धिरज नाडकर पुरानी अभिनेत्री तृप्तिका सुपुत्र हुन्।

प्रतिक्रिया दिनुहोस्