रंगखबर, काठमाडौँ: अन्तत निर्देशक सुदर्शन थापा र कला पत्रकार सुजन श्रेष्ठ बीच मिलाप भएको छ। शुक्रबार गौशाला स्थित प्रहरी वृत्तमा गरिएको छलफलमा निर्देशक थापाले आफुले गरेको गल्ति स्वीकार्दै क्षमा मागेपछि मुद्दालाई अघि नबढाउने सहमति भएको हो । नेपाल पत्रकार महासंघ, बागमती प्रदेशका एसोसिएट अध्यक्ष वैकुण्ठ पराजुलीसहितको छलफलमा सुर्दर्शन र सुजन बीच लामो छलफल भएको थियो। पत्रकार सुजन श्रेष्ठले थापाको फिल्म सम्हालिन्छ कहिले मन को ब्यापार बारे लेखेको एक समाचारलाई आधारहिन भएको भन्दै थापाले पत्रकारलाई कानको जाली फुटाउने धम्कि दिदै फोन गरेका थिए।


