‘बाबरी’ टिमले भोलिबाट मोफोसल टुर सुरु गर्ने



रंगखबर, काठमाडौँ: असोज १४ गतेबाट देशभर प्रदर्शन हुने फिल्म बाबरीको टिमले अहिले प्रमोसन तिव्र गर्न थालेकोछ। फिल्मका कलाकार सहित निर्माण टिम अहिले मोफोसलका विभिन्न ठाउँहरुमा जाने तयारी गरिरहेको छ।निर्देशक सुरेन्द्र पौडेलले असोज ५ गते देखि बिर्तामोडबाट सुरु हुने  मोफसल टुर ६ गते इटहरी, ७ गते नारायणगढ, ८ गते बुटबल र ९ गते पोखरामा दर्शक साक्षात्कार गरेर काठमाडौं फकिर्ने जानकारी दिए ।

ट्रेलर र गीतले अर्शकहरुको राम्रो साथ पाएको फिल्मलाई दर्शकहरुले मन पराउनेमा निर्माण टिम विव्स्त छ।


मोफोसल टुर सकेर फिल्मका निर्माण टिम असोज ९ देखि १२ गते सम्म काठमाडौंका विभिन्न ठाउँमा सांगितिक भव्य कन्सर्टको आयोजना गर्दै फिल्मको प्रचार गरिने निर्माण टिमले जानकारी दिएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा बनेको सिनेमा क्रिकोणात्मक प्रेमककथामा आधारित छ ।

फिल्ममा अदिति बुढाथोकी, धिरज मगर, धिरज नाडकर, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्