‘महापुरुष’ को ‘बेमौसमी मौसम…’ सार्वजनिक



रंगखबर, काठमाडौँ : यहि कार्तिक ११ गते अर्थात तिहारको भोलि पल्टबाट देशभर प्रदर्शन हुन लागेको फिल्म ‘महापुरुष’को निर्माण टिमले दोस्रो गीत सार्वजनिक गरेको छ। सार्वजनिक ‘बेमौसमी मौसम पनि’ बोलको गीतमा हरिवंश आचार्य, गौरी मल्ल, अरुण क्षेत्रि र अन्जना बराईलीले अभिनय गरेका छन ।  एस डी योगीको आवाज रहेको गीतमा राम अविरल विष्टको शब्द तथा योगीकै संगीत रहेको छ।  गीतमा रोमान्टिक बनेका दुई पुस्तालाई देखाईएको छ।  बिबेक रसाईलीले निर्देशन गरेको गीतलाई पुरुषोत्तम प्रधान (पुरु) ले छायांकन गरेका हुन्।

गीत हेर्नुस : 

प्रदीप भट्टराई लेखन तथा निर्देशन रहेको फिल्ममा हरिवंशसँगै गौरी मल्ल , अरुण क्षेत्री, अन्जना बराईली,रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेल लगायतको अभिनय छ ।
सामाजिक विषयवस्तुमा आधारित फिल्म षट्कोण आर्ट्स प्रालिको व्यानरमा निर्माण भएको हो भने फिल्ममा दिपेश खत्रीले लगानी छ । दीपक बज्राचार्यको छायांकन रहेको फिल्ममा ऋदम कँडेलको संगीत र मित्र डी गुरुङको सम्पादन छ । फिल्मका कार्यकारी निर्माता भने रविन्द्र सिंह बानियाँ हुन्। ब्लकबस्टर ‘शत्रुगते’पछि महजोडीसंग यो प्रदीपको दोस्रो सहकार्य हो ।

प्रतिक्रिया दिनुहोस्