विकास बोर्डले गर्यो ‘प्रेम गीत ३’को हिन्दी डबलाई सेन्सर पास



रंगखबर, काठमाडौँ : केहि दिन देखि विवादमा रहेको फिल्म ‘प्रेम गीत ३’ को हिन्दी डबको सेन्सर पास भएको छ। बुधबार नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन कसीले ‘प्रेम गीत ३’ का निर्माता र वितरकलाई हिन्दी डब सेन्सर पास भएको अनुमति पत्र दिएका हुन्। ‘प्रेम गीत ३’ को नेपाली भर्सनले भने पहिलेनै पी.जी. सर्टिफिकेट पाई सकेको छ। फिल्मका निर्माता चक्र बहादुर चन्द तथा वितरकद्धय मनोज राठी र गोविन्द शाहीले बोर्ड पुगेर अध्यक्ष भुवन केसीलाई भेट्दै १५ प्रतिशत विकास शुल्क बुझाएर सेन्सर अनुमति लिएका हुन्। यस अघि फिल्म हिन्दी भर्सन रिलिज हुने वा नहुने भन्नेबारेमा निकै नै असमझादी भै रहेको थियो। आक्रामक बुकिङ्गका साथ फिल्मले अहिले अग्रिम बुकिङ्ग खुला गरिसकेको छ। नेपालमा खासै प्रमोसन नगरीए पनि फिल्मका निर्माता/निर्देशक सन्तोष सेन र मुख्य कलाकार प्रदिप खड्का र क्रिष्टिना गुरुङ अहिले मुम्बईमा पुगेर प्रमोसनल अन्तर्वार्ताहरु दिई रहेका छन।  फिल्म यहि शुक्रबारबाट वर्ल्ड वाईड प्रदर्शन हुदैछ।

प्रतिक्रिया दिनुहोस्