अक्षय कुमार स्टारर ‘राम सेतु’ को ट्रेलर रिलिज



 

रंगखबर, काठमाडौँ : अक्षय कुमार स्टारर फिल्म ‘राम सेतु’ को ट्रेलर रिलिज भएको छ । फिल्मको ट्रेलर लामो समय देखि प्रतिक्षित बनिरहेको थियो। ट्रेलर नास्तिक पुरातत्वविद् आर्यन कुलश्रेष्ठ (अक्षय कुमार) वरिपरि घुमेको छ। केप अफ गुड फिल्म्स, एबन्डेन्टिया इन्टरटेनमेन्ट र लाइका प्रोडक्सन र प्राइम भिडियोद्वारा संयुक्त रूपमा निर्माण भएको फिल्मलाई अभिषेक शर्माले लेखन तथा निर्देशन गरेका हुन।

अरुणा भटिया र बिक्रम मलहोत्राको संयुक्त लगानीमा बनेको फिल्ममा अक्षय कुमारका अलावा सत्या देव, ज्याकलिन फर्नान्डेज, नुसरत भरुच्चा, नासेर, प्रवेश राणा, जेनिफर पिक्किनाटो जस्ता कलाकारहरुको पनि अभिनय रहेको छ। फिल्म यहि अक्टोबर २५ बाट विश्वभर प्रदर्शन हुनेछ।

प्रतिक्रिया दिनुहोस्