‘नम्बरी सुन’ आमेष भण्डारी फिक्स



रंगखबर, काठमाडौँ : फिल्म ‘नम्बरी सुन’ मा गायक तथा नायक आमेष भण्डारी फिक्स भएका छन। राजु गिरिको निर्देशनमा बन्न लागेको फिल्ममा निर्माण टिमले बिहिबार आमेषसँग कागजी सम्झौता गरेको हो। मङ्सिर ७ गतेबाट छायांकन सुरु हुने फिल्म ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा आधारित हुने जानकारी निर्माण टिमको छ।  सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुने फिल्ममा नारायण खातीको लगानी र कथा रहनेछ भने प्रस्तुतकर्ता पनि खाती स्वयम् नै रहनेछन। फिल्ममा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछाने कोरियोग्राफी, नारायण खातीको गीत रचना, शान्तिश्री परियारको स्वर रहेको छ। फिल्मका अन्य कलाकारहरु भने छनोट भई सकेका छैनन्। नम्बरी सुनबाट द्धन्द्व निर्देशक राजेन्द्र खड्गी कमव्याक गर्दैछन् । फिल्म लमजुङको भुजुङ्ग खोला, हेटौंडा, काठमाडौँका विभिन्न ठाउँमा छायांकन हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्