आर्यनले उपासनालाई फकाउन नजानेपछि



रंगखबर, काठमाडौँ : आर्यन सिग्देल र उपासना सिंह ठकुरी स्टारर फिल्म ‘डिसेम्बर फल्स’को पहिलो गीत सार्वजनिक भएको छ।  सोमबार निर्माण टिमले राजधानीमा पत्रकार सम्मेलन गर्दै ‘फकाउन जानिन’ बोलको गीत सार्वजनिक गरेको हो। सार्वजनिक गीतमा आर्यन र उपासनाले मज्जाले कम्मर भाचेका छन। यस अघि निर्माण टिमले प्रचार सामाग्री स्वरुप फिल्मको टिजर सार्वजनिक गरिसकेको छ। जसलाई दर्शकहरुले राम्रो प्रतिकृया पनि दिई रहेका छन।

गीत हेर्नुस :

 

रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्ममा रामप्रसाद रिजाल प्रस्तुतकर्ता रहेका छन भने लक्ष्मण रिजाल र असिम काफ्ले कार्यकारी निर्माता रुपमा रहेका छन। बिपीका खनालको कथा, केदार भुसाल र प्रतिक पौडेलको पटकथा/सम्वाद रहेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका हुन् । दीपक शर्मा,कोसिस क्षेत्री,सुुसान्त गौतम र प्रतिक पौडेलको संगीत, कविराज गहतराज, रामजी लामीछाने,शिसिर खाती र प्रवीण सिंहको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको फिल्मलाई श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले बितरण गर्दैछन् । फिल्मलाई महेश आर गुप्ताले छायांकन गरेका हुन्।

फिल्ममा आर्यन र उपशाना सहित सुमन थापा,नरेश भट्टराईका साथमा सलोन बस्नेत,शिबहरि पौडेल,नागेन्द्र रिजाल,शिसिर राणा लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ। यहि पौष १५ गतेबाट देशभर प्रदर्शन हुने फिल्मलाई रामप्रसाद रिजाल र राजकुमार भट्टले निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्