‘छक्का पन्जा ४’ दोश्रो सेड्युल आईतबारबाट



रंगखबर, काठमाडौँ: ब्लकबस्टर सिरिज ‘छक्का पन्जा ४’ को सुटींङ्गको दोश्रो चरणको छायांकन सुरु हुने भएको छ। अभिनेता तथा निर्माता दिपकराज गिरिले दिएको जानकारी अनुसार मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनले रोकिएको फिल्मको बाकी छायांकन आउने आईतबारबाट सुरु हुने जानकारी दिएका छन। उनले दिएको जानकारी अनुसार फिल्मको बाकी छायांकन उपत्यकाका केहि ठाउँमा र उपत्यका बाहिरका केहि जिल्लाहरुमा हुनेछ।राजनीतिक कथावस्तुमा आधारित ‘पोल्टिकल ड्रामा’ भनिएको फिल्ममा हास्यव्यंग्य साथै राजनीतिक कथावस्तु समावेश गरिने जानकारी निर्माण टिमले दिदै आएको छ। दिपक स्वयम्लेको लेखन रहेको फिल्मलाई हेमराज बिसीले निर्देशन गरिरहेका छन।

 

फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशी, निर शाह, निर्मल शर्मा, राज आचार्यलगायतका कलाकारहरुको अभिनय रहेको छ।  आमा सरस्वती मुभिजको व्यानरमा निर्माण हुने फिल्मका कार्यकारी निर्मातामा केदार घिमिरे र निर्मल शर्मा छन् । फिल्मलाई नरेन्द्र मैनालीले खिचिरहेका छन।

प्रतिक्रिया दिनुहोस्