परिवार सहित नेपाल आउँदै विवेक ओबरोय



रंगखबर, काठमाडौँ: बलिउड अभिनेता विवेक ओबरोय नेपाल आउने भएका छन। आगामी १४ डिसेम्बरमा उनि आफ्ना परिवारका साथ नेपाल आउने भएका हुन्। एक हप्ताको बसाईमा विवेकले नेपालको सगरमाथा बेसक्याम्प, पोखरा, लुम्बिनी र काठमाडौंको पशुपतिनाथलगायतका अन्य ठाउँको भ्रमण गर्नेछन्। आफुँ नेपाल आउने खबरको जानकारी उनले एक भिडियो संदेश मार्फत दिएका हुन। उनलाई व्यवसायी पुनम यादवले नेपाल ल्याउन लागेकी हुन्।नेपाल बसाईको क्रममा उनि नेपालका केहि कार्यक्रमहरुमा पनि सहभागी हुनेछन।  स्मरण रहोस उनले फिल्म कम्पनिबाट बलिउडमा डेब्यु गरेका थिए।

प्रतिक्रिया दिनुहोस्