‘झिङ्गेदाउ’को सिक्वेल बन्ने, केकी र आँचल दोहोरिदै



रंगखबर, काठमाडौँ:  यस बर्षको सफल फिल्महरु मध्ये एक हो फिल्म ‘झिङ्गेदाउ’। फिल्मलाई करीब ७ वर्ष पछि निर्देशनमा कमव्याक गरेका निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेका थिए। ७ वर्ष पछि पनि दर्शकहरु मायाले हौसिएर उनै निर्देशक देउजा ‘झिङ्गेदाउ’को सिक्वेल बनाउने तयारी गरिरहेका छन। ‘झिङ्गेदाउ’ भन्दा करिब दोब्बर लगानीमा बन्ने सिक्वेलको हाल स्क्रिप्टको काम चलिरहेको छ। फिल्मको स्क्रिप्ट महेश दवाडीले लेखिरहेका छन् । फिल्मको छायांकन अर्को बर्ष हुने खबर बाहिरिएको छ।

 

झिङ्गेदाउमा केकी अधिकारी, आँचल शर्मा, मुकुन्द भुषाल, कुशल बिष्ट दोहोरिने कुरा बाहिरिएको छ भने बाकी कलाकारहरु बिस्तारै फिक्स हुने जानकारी आएको छ। स्मरण रहोस फिल्ममा केकी अधिकारी, आँचल शर्मा, मुकुन्द भुषाल, कुशल बिष्ट अभिनयको चौतर्फी तारिफ भएको थियो भने चरित्र अभिनेत्री हिउवाला गौतमले सम्पूर्ण दर्शकलाई आफ्नो अभिनय कलाले सम्पूर्ण दर्शकलाई रुवाउन सफल भएकी थिईन।

प्रतिक्रिया दिनुहोस्