‘जोश छ जवानीको’ मा कति बोल्ड साम्राज्ञी ?



रंगखबर, काठमाडौँ : पुष्प खड्का र साम्राज्ञी आर एल शाहको मुख्य अभिनय रहेको फिल्म ‘तिम्रो मेरो साथ’को नँया गीत सार्वजनिक गरिएको छ। बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले सार्वजनिक गीत छोड्दै प्रचारप्रसार सुरु गरेको हो।  ‘जोश छ जवानीको’ बोल रहेको गीतमा अभिनेत्री साम्राज्ञीको आइटम डान्स देख्न सकिन्छ।  सम्भवत सोहि गीतनै साम्राज्ञीको पहिलो आइटम गीत हो। गीतमा उनलाई बोल्ड देखिनुका साथै डान्स पनि तारिफ योग्य छ।  सारिका घिमिरे र योगेश काजिको आवाज रहेको गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन्।

https://youtu.be/wkyixj_W7P0

 

यहि पौष २९ गतेबाट अलनेपाल प्रदर्शन हुन लागेको फिल्मलाई निर्माता रमेश एम के पौडेलले निर्देशन गरेका हुन्। उनले यहि फिल्मबाट निर्देशनमा हात हालेका हुन्। सबिर श्रेष्ठको पटकथा र सम्वाद रहेको फिल्ममा पुष्प, साम्राज्ञी र सन्दिपका साथै सरोज खनाल ,सन्दिप क्षेत्री, खड्क बहादुर पुन(खबपु), इमिली लामा र बिशेष भूमिकामा ध्रुब दत्तले अभिनय गरेका छन् । आर्यन फिल्मस तथा बोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण भएको फिल्मलाई शिव ढकालले खिचेका हुन् भने योगेश काजीले संगीत भरेका हुन्। पासांग लामा निर्माताका रुपमा देखिएको फिल्ममा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली सह- निर्माता रहेका छन।

प्रतिक्रिया दिनुहोस्