‘बेशरम रंग’ले गर्मायो बलिउड, नेपालको पनि ट्रेन्डिङ न. ४ मा



रंगखबर, काठमाडौँ:पठान’ले बलिउडमा राज गर्ने करिब पक्का पक्कि जस्तै भईसकेको छ। टिजरले सबैलाई गर्माएर बर्षकै प्रतिक्षित फिल्मको लिस्टमा आफुलाई उभ्याउन सफल भएको पठानको अर्को सर्प्राईज दर्शक सामु आएको छ। अब भने बलिउडका किङ्गखान शाहरुख खान र बलिउड डिभा दिपिका पादुकोण अभिनित फिल्मको ‘बेशरम रंग’ बोलको गीतले अहिले बलिउड गर्मिसकेको छ। एक त् शाहरुखको ८ प्याक बडी त्यस माथि दिपिकाको सेक्सी अवतार अनि शिल्पा राव, कारलिसा मोन्टेरो, विशाल र शेखरको सुरीलो आवाज यति भएपछि दर्शकलाई के चाहियो। गीत सार्वजनिक भएसंगै बलिउडमा एक किसिमको चर्चा सुरु भई सकेको छ। गीत अहिले नेपाल युटूवको ४ नम्बर ट्रेन्डडिंगमा आईसकेको छ। यहि प्रकारले भिडियोको भिउज बढ्ने हो भने १ नम्बरमा उकालो लाग्न कतिपनि समय लाग्दैन। सिद्दार्थ आनन्दको निर्देशनमा बनेको फिल्ममा शाहरुख र दिपिकाका अलावा जोन अब्राहम पनि लिडमा रहेका छन। २५ जनवरीमा रिलिज हुने फिल्मलाई यसराजको ब्यानर तथा आदित्य चोपडाले निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्