‘एलिजा फाउन्डेसन’ले गर्यो तेह्रथुमका बालबालिकालाई न्यानो कपडा वितरण



रंगखबर, काठमाडौँ: नायिका एलिजा गौतमको सहयोग र ‘एलिजा फाउन्डेसन’को सहकार्यमा तेह्रथुमको फेदाप गाउँ पालिका ५ का विद्यार्थीहरुलाई जाडो छेक्न न्यानो कपडा वितरण गरेको छ। श्री सिंहदेवी आधारभूत बिद्यालयका करिब १२० जना विद्यार्थीलाई फाउन्डेसनले न्यानो कपडा वितरण गरेको हो। सहयोगकै लागि भनेर नायिका एलिजा र उनकी आमा गीतादेवी भेटवाल सोमबार तेह्रथुमको फेदाप पुगेका थिए।

सहयोग वितरण गरेपछि एलिजाले आफ्नो खुसी सामाजिक संजाल फेसबुक मार्फत साटेकी छन। उनि भन्छिन – एलिजा फाउण्डेशनको तर्फबाट आज सानो सहयोग गर्न पाईयो । मन आनन्दित छ । फाउण्डेशनको स्थापनादेखि नै हामीले कुनै न कुनै रूपमा समाजमा योगदान पुर्याउँदै आएका छौं । आज तेह्रथुमको फेदाप गाउँपालिका–५ मा रहेको श्री सिंहदेवी आधारभुत विद्यालयका १२० जना विद्यार्थी भाइ/बहिनीहरुलाई न्यानो कपडा प्रदान गरेका छौं । यो पुण्य कार्यमा जुटनुभएको विद्यालय व्यवस्थापन टिम, अभिभावक, शिक्षक तथा शिक्षिका सबैमा आभार व्यक्त गर्दछु । फाउण्डेशनकी संरक्षकसमेत रहनुभएको मेरो आमा गितादेवी भेटुवालको मार्गदर्शनलाई आत्मसात् गर्दै समाजसेवामा मेरा पाईला निरन्तर चलिरहने प्रण गर्दछु । भगवान श्री पशुपतिनाथले सबैको कल्याण गरुन् । सबैमा धेरै–धेरै धन्यवाद ।

फाउण्डेशनकी अध्यक्ष एलिजा गौतमले फाउण्डेशनको स्थापनासँगै समाजमा योगदानका साथै शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारीको क्षेत्रमा ठूलो मात्रामा सहयोग गर्ने घोषणा गरेकी थिइन्। अध्यक्ष गौतम र संरक्षक गीतादेवी भेटुवालले सोमबार आयोजित एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्