‘रिभेन्ज लभ’को ट्रेलर रिलिज, फिल्म युटुवमा हेर्न पाईने



रंगखबर, काठमाडौँ: फिल्म ‘रिभेन्ज लभ’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले मंगलबार फिल्मको प्रचार स्वरुप ट्रेलर सार्वजनिक गरेको हो। फिल्म यहि पौष १५ गते ल्होसारको अवसर पारेर युटुवबाट रिलिज हुनेछ। प्रेम बदला र समर्पणमा आधारित फिल्मलाई मन्दिप रानाले निर्देशन गरेका हुन। श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुतीमा निर्माण भएको फिल्ममा एक्सन, कोरीयोग्राफि पनि रानाकै छ। नवीन घताने, देशभक्त सिंह कुँवर, बिजय कुमार, अबिराज बिसी, अर्जुन गिरि, गीत सुनार, रोशनि सुनैना, सुस्मिता परियार, तुलसा क्षेत्री, लक्ष्मण रोका लगायतका कलाकारको अभिनय रहेको फिल्ममा नवीन घतानेको गीत रचना, देशभक्त सिंह कुँवरको संगीत, रजनी राई र बिजय कुमारको स्वर रहेको छ। नवीन घतानेले निर्माण गरेको फिल्म श्याम शुक्ला फिल्म प्रोडक्सन हो भने  सह-निर्मातामा बिजय कुमार, गीत सुनार र लक्ष्मी सुनारको रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्