‘बेसरम रङ’मा दिपिकाको पहिरनलाई लिएर भारत आलोचना



रंगखबर, काठमाडौँ:  बलिउडका किङ्ग खान र शान्ती स्टारर फिल्म ‘पठान’ अहिले बलिउडमा बर्षकै प्रतिक्षित फिल्म बनिरहेको छ। टिजर तथा पोस्टरले आम दर्शकमा वेग्र रुपले प्रतिक्षित बनिरहेको फिल्मको गीत ‘बेसरम रङ’ रिलिज भएसंगै बलिउड गर्मिएको छ। कतिले फिल्मको गीतलाई अत्याधिक रुचाई रहेका छन भने कतिलाई अभिनेत्री दिपिकाको पहिरनलाई लिएर आलोचना गर्न भ्याई नभ्याई भईरहेको छ।

अब भने कतिपय राजनीतिक दलहरु ‘पठान’ लाई बहिष्कार गर्न तयार भएर बसेका छन। कारण हो दीपाकाले लगाएको पहिरन, गीत सार्वजनिक भएसंगै दिपिकाले लगाएको ‘मोनोकोनी’ पहिरनलाई लिएर राजनीतिज्ञदेखि आम जनताले आपत्ति जनाएका छन। उनले पहिरिएको बिकिनीको रङलाई लिएर सत्तारुढ भारतीय जनता पार्टीका नेतासम्म आलोचनामा उत्रिएका छन्। दिपिकाले लगाएको बिकिनिको रङ हिन्दु धर्मको पुजाआजामा प्रयोग हुने साथै बीजेपीले पनि यो रङलाई प्रयोग आएकाले पनि फिल्ममा समावेश उक्त दृश्य नहटाए फिल्मलाई बहिष्कार गर्दै रिलिजमा रोक लगाउने धम्कि मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले दिएका छन। दिपिकाको बिकिनिको रङले हिन्धु धर्मको अपमान गरेको उनको भनाई छ।

भारतका केहि ठाउँहरुमा त फिल्मको विरोध गर्दै शाहरुख र दिपिकाको पुत्ला समेत जालाईएको छ। ३ दिन अघि मात्र रिलिज भएको उक्त गीतले अहिले नेपालमा अपनी राम्रै साथ पाईरहेको छ। सिद्धार्थ आनन्द निर्देशित फिल्म आगामी २५ जनवरीमा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्