नमस्कार नफर्काएर विवादमा आएका निश्चलको स्पष्टिकरण, बालेन भन्छन होम जप गराउनुस



रंगखबर, काठमाडौँ: निर्देशक तथा अभिनेता अहिले एउटा विवादमा तानिएका छन। काठमाडौँका मेयर बालेन शाहले गरेको नमस्ते नफर्काएको एक भिडियो एकाएक सामाजिक संजालमा भईरल भएपछि उनि विवादमा तानिएका हुन्। भाईरल भिडियोका कारण आपत्ति जनक कमेन्टको सामना गरेका निश्चल अब भने बोलेका छन। उनले आफ्नो फेसबुक मार्फत लामै स्ट्याटस लेख्दै स्पष्टिकरण दिएका छन।

उनि लेख्छन, ‘कसैको चरित्र हत्या गर्न कति सजिलो भाको रहेछ आजकल। भिडियो क्लिप निकाल्यो, आफूलाई मनलागेको टेक्स  लेख्यो अनि सुरु हुन्छ खेला । गाली गलौच गर्नलाई औंला चिलाईहल्छ… “खाते काले, चुतिया , रेस्पेक्ट गर्न नसक्ने *जी , तेरो फिल्म बहिष्कार गर्नु पर्छ, यस्ता पनि कलाकार रे !! यस्तै अनेकौं, अझ कडा शब्दहरू… बालेनले गरेको नमस्कार मैले नफर्काएर इग्नोर गरे भन्दै टिकटकमा एउटा भिडियो भाइरल हुँदै रहेछ। साथीभाइले आफन्त ले पनि प्रश्न गर्न थाले के गरेको तैंले भन्दै । त्यहि भएर लेख्दैछु । बालेनलाई मेयर बनाउन अभियान चलिरहेको बेलाकाे कथा हो। यो, चिसो एस्ट्रे फिल्मकाे प्रिमियरकाे समय करिब ७-८ महिना अगाडिकाे भिडियो हो। त्यहि बेलाकाे इभेन्टकाे । बालेन र मेरो भेट अगाडि नै भएर सँग सँगै थियौं, अरु चिनजान भएका साथी आउँदा उनले अरूलाई, मैले अरूलाई अभिवादन गरिरहेका थियौं। कथा सकियो ! हाम्रो मेयर ज्यू लाई मैले रेस्पेक्ट गरिन रे , त्यहि भएरम सबै प्रकारका घृणित सन्देशहरूको योग्य छु हैन त ?
***सत्य के हो मतलब भएन… गाली गर्न पाएपछि पछि हट्नु हुन्न है । *** धन्यवाद ।’

उनको यो स्पष्टिकरणलाई मेयर बालेन शाहले पनि प्रतिक्रिया जनाएका छन। प्रतिक्रिया दिदै उनि लेख्छन, ‘बिचरा जैले बिना कारण फस्नु हुन्छ यार तपाई, यसो होम जप गराउनु पर्यो ! अब तपाई स्ट्रङ्ग हुनु पर्छ। ‘ उनको यो प्रतिक्रियामा निर्देशक बस्नेत रिप्लाई गर्दै यसो भन्छन, ‘ धेरै स्ट्रङ्ग भएर भुँडी र गाला फुली सक्यो मेयर साप !’ 

प्रतिक्रिया दिनुहोस्