‘चि मुसी चि: इभन डेड डिजायर बिलोङ्गिङ’ ट्रेलर: अबोध बालिकाको बलि



रंगखबर, काठमाडौँ:  ‘चि मुसी चि: इभन डेड डिजायर बिलोङ्गिङ’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। मल्टीस्टारर हरर फिल्मको बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले प्रचार स्वरुप फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक २ मिनेट ५२ सेकेन्ड लामो ट्रेलर एक अन्जान बालिकाको वरिपरि घुमेको छ’ जसले फिल्मका पात्रहरुलाई तर्साउने डराउने जस्ता कृयाकलाप गरिरहेको हुन्छ।

 

ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका मुख्य पात्रहरु प्रियंका कार्की, ऋचा शर्मा, बेनिषा हमाल र आयुष्मान देशराज जोशी श्रेष्ठले आ-आफ्नो हरर स्टोरी सुनाएका थिए। कार्यक्रममा बोल्दै चार जनै कलाकारले नेगेटिभ इनर्जी प्रति विश्वाश लाग्ने सम्म बताएका थिए भने अभिनेत्री ऋचाले भने चिमुसिची उनको पछिल्लो फिल्म सुनकेसरी जस्तो नराम्रो भएको पनि भन्न भ्याईन। उनि भन्छिन ‘सुनकेशरीलाई राम्रो बनाउन खोज्दा खोज्दै कमेडी बन्यो। जसले गर्दा धेरै कुरा सिक्ने मौका पाईयो।’ उता आयुष्मान भने जिस्किदै आफ्नै श्रीमती प्रियंकामा भुत देख्ने सम्म भ्याए। अभिनेत्री बेनिषा भने राँके भुत र भकुन्डे भुत हुनेमा विश्वास गर्छिन।

 

एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई मर्ण जेम्स र यश सैनीले निर्देशन गरेका हुन्। अरुण चक्रावर्ती लगानी गरेको फिल्ममा रिञ्जु केसी प्रस्तुतकर्ताको रुपमा देखिएका छन। फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशीका साथै राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म यहि पुष २२ गतेबाट देशभर प्रदर्शन हुदैछ।

प्रतिक्रिया दिनुहोस्