आमेशलाई रिप्लेस गर्दै गौरव ‘नम्बरी सुन’मा अनुबन्धित



रंगखबर, काठमाडौँ: केहिदिन अघि मात्र फिल्म ‘नम्बरी सुन’मा अनुबन्धित भएका गायक तथा नायक आमेश भण्डारीले फिल्मबाट हात झिकेका छन। अब भने आमेशलाई रिप्लेस गर्दै साईला अर्थात गौरव पहारी फिल्ममा फिक्स भएका हुन्। मंगलबार निर्माण टिम र गौरव बीच कागजी सम्झौता भएको हो। गौरव र नम्रता सापकोटाको जोडी देख्न सकिनेछ।

राजु गिरिको निर्माण तथा निर्देशनमा बन्ने फिल्म झण्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा हुने जानकारी निर्माण टिमले दिएको छ। सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा नारायण खाती प्रस्तुतकर्ता र  निर्माताका रुपमा रहेका छन भने फिल्मको कथा र गीत पनि खाती स्वयमकै रहनेछ। फिल्ममा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछाने कोरियोग्राफी, निर्माता खातीको गीत रचना, शान्तिश्री परियार लगायतका गायक तथा गायिकाको स्वर रहनेछ ।

माघ २० गतेबाट छायांकन सुरु हुने फिल्ममा गौरव र नम्रताका अलवा सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल सविन बास्तोला, गीता अधिकारी, स्मृती वली जस्ता कलाकारहरुको पनि अभिनय रहनेछ। फिल्ममा द्धन्द्व निर्देशक राजेन्द्र खड्गी हुनेछन। उनले नम्बरी सुन बाट द्वन्द्व निर्देशनमा कमब्याक गर्न लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्