हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२२ सम्पन्न



रंगखबर, काठमाडौँ: हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२२ भव्य रुपमा सम्पन्न भएको छ । आइतबार सिड्नी आयोजित शोज अन्र्तराष्ट्रिय स्तरमा पहिलो पटक क्रुजमा आयोजना गरिएको असाप इन्टरटेनमेन्टका सञ्चालक सन्तोष अधिकारीले बताए ।

नेपाली डिजाइनर रोविन परियारले तयार पारेका नेपाली पहिरनमा नेपाली तथा विदेशी मोडलले र्याम्प नापेका थिए । नेपाली पोशाकलाई अन्र्तराष्ट्रि स्तरमा पुर्याउन आफुले पहिलो पटक अष्ट्रेलियाको सिड्नीमा क्रुज इभेन्ट गरेको दाबी सन्तोषको छ । कोरोना महामारीपछि पहिलो पटक आफुले ठुलो लगानीमा विदेशमा फेसन शोको आयोजना गरेको उनको भनाई छ ।

हेरिटेज अफ फेसन अष्ट्रेलियामा नेपालीकका साथै ब्राजिलियन र मोरक्कन मोडल नेपाली पहिरनमा र्याम्पमा हिँडेका थिए । नेपाली पहिरनमा सजिएका विदेशी मोडलले नेपाली पहिरन निककै मन परेकाले अन्र्तराष्ट्रिय बजार प्रवद्र्धनमा सघाउने बचन दिएको आयोजक अधिकारी बताउँछन् ।

सभ्य र भव्य रुपमा सम्पन्न कार्यक्रम नेपाली कला र संस्कृतीलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको थियो । हेरिटेज अफ फेसनकोे दुई सिजन नेपालमा र एक सिजन अष्ट्रेलियामा आयोजना भैसकेको थियो । यो फेसन शोका सञ्चालक अधिकारी फिल्म निर्माता समेत हुन । सन्तोष दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘आमा’का सह निर्माता र अर्पण थापा निर्देशित फिल्म ‘तीन जन्तु’का निर्माण गरिसकेका छन्, डलर एयुडी छायांकनको तयारी चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्