‘छक्का पन्जा ४’मा राजाको बबाल लूक्स



रंगखबर, काठमाडौँ: बर्षकै प्रतिक्षित फिल्म ‘छक्का पन्जा ४’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। अभिनेता दिपकराज गिरिले बुधबार आफ्नो सामाजिक संजाल फेसबुकमा पोस्टर सार्वजनिक गर्दै रिलिज डेट सार्वजनिक गरेका हुन्। यस अघि प्रदर्शन मिति अस्पष्ट रहदै आएको फिल्मले अब भने फागुन १९ गते  रिलिज डेट लक गरेको छ। फिल्मलाई हेमराज विसीले निर्देशन गरेका हुन्।

आमा सरस्वती मुभिजको ब्यानर तथा दिपक – दिपाले निर्माण गरेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशी, निर शाह, निर्मल शर्मा, राज आचार्यलगायतका कलाकारहरुको अभिनय रहनेछ । कार्यकारी निर्मातामा केदार घिमिरे र निर्मल शर्मा रहेको फिल्मलाई नरेन्द्र मैनालीले खिचेका हुन्।

प्रतिक्रिया दिनुहोस्