‘गुञ्जन’ ट्रेलर : सारालाई पाउँन कबिर र प्रितमराजको टक्कर



रंगखबर, काठमाडौँ: द्वन्द्व निर्देशक अष्ट महर्जनको डेब्यु निदेशन रहेको फिल्म ‘गुञ्जन’को ट्रेलर सार्वजनिक गरिएको छ। यस अघि गीत र पोस्टर सार्वजनिक गर्दै प्रचार सुरु गरेको निर्माण टिमले अब भने फिल्मको ट्रेलर सार्वजनिक गर्दै प्रचारलाई तीव्र गरेको हो।  सार्वजनिक १ मिनेट ४९ सेकेन्ड लामो ट्रेलर फिल्मका मुख्य कलाकारहरु सारा शिर्पाली, प्रितमराज सेन्चुरी र कबिर खड्कालाई केन्द्रित गरेर बनाईएको छ।  त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म यहि पौष २९ गतेबाट प्रदर्शन हुदैछ।

 

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो ।  फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, राजेश श्रेष्ठको छायाँकन, विपिन मल्लको सम्पादन, कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत छ। फिल्म सारा, प्रितमराज र कविरका अलवा सरोज खनाल, हिउँवाला गौतम, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ । विगत २ दशकदेखि फिल्मको द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जन फिल्मलाई लिएर निकै नै सकारात्मक छन। प्रितमराजले पनि यसै फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् भने साराले ‘सुश्री सम्पति’ र ‘पिंजडा ब्याक अगेन’मा काम गरेर चर्चा बटुली सकेकी छन। कबिरले पनि फिल्म ‘लम्फु’मा काम गरिसकेका छन भने उनको ‘लन्डन टु पेरिस’ प्रदर्शनको तयारीमा छ।

प्रतिक्रिया दिनुहोस्