‘तिम्रो मेरो साथ’को ‘झिलमिल’मा पुष्प र साम्राज्ञी रोमान्टिक



रंगखबर, काठमाडौँ: पौष २९ गतेबाट देशभर प्रदर्शन हुने फिल्म ‘तिम्रो मेरो साथ’को टाईटल ट्रयाक रिलिज भएको छ। ‘झिलमिल झिलमिल’ बोलको गीतमा पुष्प खड्का र साम्राज्ञी आर एल शाहलाई रोमान्टिक देख्न सकिन्छ। सुगम पोखरेल र मेलिना राईको स्वर रहेको गीतमा  योगेश काजि शाहको संगीत रहेको छ। गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन्।

निर्माता रमेश एम. के. पौडेलको डेब्यु निर्देशकीय फिल्म आर्यन फिल्म प्रोडक्सन र बोधी एच डी अमेरिकाको  ब्यानरमा निर्माण भएको हो भने फिल्मलाई निर्देशक पौडेलका छोरा आर्यन पौडेलले निर्माण गरेका हुन्। सबिर श्रेष्ठको पटकथा र सम्वाद रहेको फिल्ममा पुष्प, साम्राज्ञी र सन्दिप क्षेत्रिका साथै सरोज खनाल ,सन्दिप क्षेत्री, खड्ग बहादुर पुन(खबपु), इमिली लामा र बिशेष भूमिकामा ध्रुब दत्तले अभिनय गरेका छन् ।

फिल्मलाई शिव ढकालले खिचेका हुन् भने योगेश काजीले संगीत भरेका हुन्। पासांग लामा निर्माताका रुपमा देखिएको फिल्ममा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली सह- निर्माता रहेका छन।

प्रतिक्रिया दिनुहोस्