रंगखबर, काठमाडौँ: सुशील श्रेष्ठ अभिनित फिल्म ‘द आउट ल’को फर्स्ट लुक पोस्टर र टिजर सार्वजनिक गर्दै निर्माणको घोषणा भएको छ। शुक्रबार पोस्टर र टिजर सार्वजनीक गर्दै निर्माण टिमले फिल्म निर्माण गर्ने जानकारी दिएको हो । बिक्की महर्जनले निर्देशन गर्ने फिल्ममा अभिनेता सुशील श्रेष्ठको मुख्य भूमिका रहनेछ। सुशीलसंगै फिल्ममा शिक्षा संग्रौला पनि फाईनल भएकी छन। उनको यो डेब्यु फिल्म हुनेछ। शिक्षाले सन् २०१८ को मिस नेपालमा भाग लिएकी थिईन।
रेट्रो ग्रुप फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा शशांक खड्का र अमित अग्रहरीको लगानी रहने फिल्म पौष २१ गतेबाट फ्लोरमा जानेछ। फिल्मलाई नवीन गुरुङले खिच्नेछन। एक्सन थ्रिलर जनरामा निर्माण हुने फिल्म कानुन नमान्ने पात्रको कथामा आधारित छ।