‘ह्रस्वदीर्घ’मा गरिमा फाईनल, नीता भन्छिन तपाईलाई स्वागत गर्न पाउँदा उत्साहित छौँ



रंगखबर, काठमाडौँ: नीता फिल्म्सबाट निर्माण हुने फिल्म ‘ह्रस्वदीर्घ’मा नायिका गरिमा शर्मा फाईनल भएकी छन। आईतबार नीता फिल्म्स र गरिमा बीच सम्झौता भएको हो। अभिनेत्री नीता ढुंगानाले आफ्नो सामजिक संजाल फेसबुक मार्फत गरिमालाई स्वागत गर्दै  लेखेकी छिन, ‘प्रिय गरिमा शर्मा तिमीलाई कलाकारको रुपमा हाम्रो टिममा स्वागत छ। नीता फिल्म्सबाट निर्माण हुन लागेको फिल्म ‘ह्रस्वदीर्घ’ मा कलाकारको रूपमा तपाईंलाई स्वागत गर्न पाउँदा हामी उत्साहित छौं।’ गरिमाले प्रदर्शन हुन बाकी रहेको फिल्म ‘लण्डन टु पेरिस’बाट डेब्यु गरिसकेकी छन।

फिल्ममा यस अघि नेपाली र भारतीय गरि धेरै कलाकारहरु अनुबन्धित भई सकेका छन। केहि दिन अघि मात्र अभिनेत्री बिपना थापा पनि फिल्ममा मुख्य अभिनेत्रीको रुपमा फाईनल भएकी थिईन। तिन चरणमा छायांकन हुने फिल्मको छायांकन आगामी फेब्रुवरी १ तारिकबाट छायांकन सुरु हुनेछ। भारतको हैदराबादस्थित रामोजी स्टुडियोबाट सुरु हुने पहिलो चरणको छायांकन पछि दोस्रो चरणको छायांकन नेपालमा र तेस्रो भारतको बनारसमा गर्ने तयारी निर्माण पक्षको छ। फिल्मलाई चन्द्र पन्तले निर्देशन गर्नेछन।

प्रतिक्रिया दिनुहोस्