‘टुल्की’को पोस्टर सहित प्रदर्शन मिति फाईनल



रंगखबर, काठमाडौँ: बहुपति प्रथाको कथालाई समेटेर बनाईएको फिल्म ‘टुल्की’ले प्रदर्शन मिति तय गरेको छ। निर्माण टिमले दिएको जानकारी अनुसार फिल्म चैत्र ३ गतेबाट देशभर प्रदर्शन हुनेछ। देवजङ्ग थापाको डेव्यु निर्देशनमा तयार भएको फिल्ममा शिशिर वाङ्देल र स्वस्तिमा कार्की मुख्य भूमिकामा देखिएका छन। रिलिज डेटसंगै निर्माण टिमले शिशिर र स्वस्तिमा फिचर्ड भएको पोस्टर पनि सार्वजनिक गरेको छ।

‘द पाल्म ग्रुप’को ब्यानरमा निर्माण भएको फिल्मले हिमाली भेगमा चलेको बहुपति प्रथाको कथा बोल्छ। फिल्मको सम्पूर्ण छायांकन डोल्पा गरिएको हो। सुशील अधिकारी र नमराज घिमिरेको छायांकन रहेको फिल्म शेखर लामाको प्रस्तुतिमा बनेको हो। फिल्ममा आर.पी. कर्माचार्य र उजेली लामाको सयुक्त लगानी रहेको छ।  तारा थापा ‘किन्भे’को सम्पादन, लिगेश भट्टराई र रमेश बुढाथोकीको कोरियोग्राफी रहेको फिल्मलाई अभिनेत्री सुहाना थापाको कम्पनि त्रिनेत्रम डिष्ट्रिब्युसनले वितरण गर्ने भएको छ

प्रतिक्रिया दिनुहोस्