बिहे गर्दै सिद्धार्थ र कियारा



रंगखबर, काठमाडौँ: बलिउड अभिनेता सिद्धार्थ मलहोत्रा र अभिनेत्री कियारा अड्वानीले बिहे गर्ने खबरले अहिले बलिउडमा तरंग मचिरहेको छ। केहि समय अघि देखि प्रेम सम्बन्धका कारण चर्चामा रहेको जोडी सिद्धार्थ र कियाराले आउँदो फेब्रुअरी ६ मा बिहे गर्ने खबर बलिउडको एक न्युज पोर्टलले सार्वजनिक गर्दै समाचार छापेको हो।

इटाइम्सका अनुसार यी जोडीको ४ र ५ तारिक हल्दी, मेहेन्दी र संगीत हुने र ६ तारिकका दिन सिद्धार्थ र कियाराको जैसलमेर स्थित सुर्यगढ़ होटलमा भव्य बिहे हुने ठोकुवा गरेको छ। सुरक्षा व्यवस्थालाई मध्ये नजर गर्दै ३ तारिक नै सुरक्षाकर्मी र बडी गार्ड जैसलमेर पठाइने छ। बिहेको खबरले बलिउड तातेपछि हालसम्म सिद्धार्थ र कियारा भने हालसम्म मौन नै बसेका छन। प्रेमको चर्चा चल्दै गर्दा यो जोडीले फिल्म शेरशाहमा काम गरेका थिए। जुन सुपरहिट सावित भई सकेको छ।

प्रतिक्रिया दिनुहोस्