मोफसल प्रचारपछि राजधानी प्रचारमा ‘तिम्रो मेरो साथ’ टिम



रंगखबर, काठमाडौँ: गत मंगलबारबाट सुरु भएको फिल्म ‘तिम्रो मेरो साथ’का निर्माण टिम मोफसल टुर सकेर राधानी फर्किएको छ। पोखराबाट सुरु भएको प्रचार प्रसार चितवन, हेटौंडा, सर्लाहीको लालबन्दी, इटहरी र झापाको दमकमा आएर टुंगिएको हो।

मोफोसल प्रचारमा आम दर्शक फिल्म हेर्न उत्साहित देखिएका थिए। पोखरामा साम्राज्ञी, पुष्प र सन्दीपलाई हेर्न दर्शकहरुको थामी नसक्नु घुईचो देखेर निर्माण टिमनै उत्साहित देखिएको थियो। त्यस्तै चितवनका स्कुल क्याम्पस देखि फिल्म हल देखि महलमा पनि फिल्मका निर्माण टिमलाई दर्शकहरुको साथ राम्रै मिलेको थियो। चितवनमा गएर फिल्मका निर्माण टिमले फिल्ममा समावेश ‘झिलमिल झिलमिल’ बोलको गीत सार्वजनिक समेत  गरेको थियो। उता हेटौंडामा भने निर्माण टिमले पत्रकार सम्मेलन गर्दै फिल्मका बारे अझ धेरै जानकारी दिएको थियो। भने लालबन्दी पुगेर पुष्प र साम्राज्ञीले कन्सर्ट गर्दै दर्शकलाई नचाउन सफल पनि भएका थिए। प्रहरीलाई नै भिड व्यवस्थापन गर्न गार्हो हुने गरि पुष्प र साम्राज्ञीले दर्शकलाई झुमाएका थिए।

सुनसरीको इटहरी र झापाको पनि दमकमा पनि साम्राज्ञी, पुष्प र सन्दीपको क्रेज उत्तिकै थियो। इटहरीमा सार्वजनिक अटो रिक्सा मार्फत प्रचार गर्दै दर्शकहरुको ध्यान त्यतै तिर तानिएको थियो। मोफसल प्रचारको अन्तिम दिन फिल्मका टिम झापाको दमक पुगेर प्रेस मिट गर्दै राजधानी फर्किएको थियो।

पौष २९ गतेबाट देशभर प्रदर्शन हुने फिल्मका निर्माण टिम अब भने उपत्यकाका दर्शकहरु माझ फिल्मको प्रचारका लागि उत्रिने छन।

निर्माता रमेश एम. के. पौडेलको डेब्यु निर्देशकीय फिल्म आर्यन फिल्म प्रोडक्सन र बोधी एच डी अमेरिकाको  ब्यानरमा निर्माण भएको हो भने फिल्मलाई निर्देशक पौडेलका छोरा आर्यन पौडेलले निर्माण गरेका हुन्। सबिर श्रेष्ठको पटकथा र सम्वाद रहेको फिल्ममा पुष्प, साम्राज्ञी र सन्दिप क्षेत्रिका साथै सरोज खनाल ,सन्दिप क्षेत्री, खड्ग बहादुर पुन(खबपु), इमिली लामा र बिशेष भूमिकामा ध्रुब दत्तले अभिनय गरेका छन् ।

फिल्मलाई शिव ढकालले खिचेका हुन् भने योगेश काजीले संगीत भरेका हुन्। पासांग लामा निर्माताका रुपमा देखिएको फिल्ममा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली सह- निर्माता रहेका छन।

प्रतिक्रिया दिनुहोस्