अनटाईटल्ड प्रोजेक्टमा आर्यन



रंगखबर, काठमाडौँ: केहि दिन अघि मात्र संचारकर्मी लक्ष्मण सुबेदीको स्क्रिप्टमा तयार हुने अनटाईटल्ड फिल्ममा अभिनेत्री मलीका महत अनुबन्धित भएकी थिईन। अब भने सोहि फिल्ममा अभिनेता आर्यन सिग्देल पनि मुख्य भूमिकामा फिक्स भएका छन। बुधबार निर्माण टिम र आर्यन बिच कागजी सम्झौता भएको छ।

मधुसुदन भट्टराईले निर्देशन गर्ने फिल्मले  ग्रामीण जीवनको सुख–दुःखको कथा बोल्छ। फागुनको पहिलो साताबाट फ्लोरमा जाने फिल्ममा अभिनेता  मुकुन भुसाल पनि फाईनल भई सकेका छ।

प्रतिक्रिया दिनुहोस्