‘महाजात्रा’मा अन्जनाले रिप्लेस गरेकी हुन् बर्षालाई ?



रंगखबर, काठमाडौँ: ‘जात्रा’को तेश्रो सिक्वेल ‘महाजात्रा’ बन्ने भएको छ। निर्माण टिमले केहि दिन अघि मात्र फिल्मलाई चलचित्र बिकाश बोर्ड दर्ता गराएको छ। ब्लकबस्टर निर्देशक प्रदिप भट्टराईको लेखन तथा निर्देशनमा बन्ने फिल्ममा मुख्य अभिनेत्रीको रुपमा महापुरुष फेम्ड अन्जना बराईली फाईनल भएकी छिन। यस अघि जात्राको सम्पूर्ण सिरिजमा अभिनेत्री वर्षा राउत थिईन। ‘महाजात्रा’मा अन्जना बराईलीको नाम अगाडी आउँदा फिल्ममा वर्षालाई अञ्जनाले रिल्पेस गरेकी हुनकि भन्ने खबरले अहिले बजार तातेको छ। उता फिल्मका निर्माण टिमले भने बिकाश बोर्डमा फिल्म दर्ता गराउँदा अभिनेत्रीको नाम पनि दिनु पर्ने भएकाले अन्जनाको नाम दिएको जानकारी दिदै फिल्ममा अरु दुई अभिनेत्रीहरु पनि हुने बताएको छ। फिल्ममा अन्जनासंगै अरु २ अभिनेत्रीहरुको पनि उत्तिकै भूमिका रहेने जानकारी पनि निर्माण टिमको छ।

रबिन्द्र सिंह बानियाँको निर्माणमा बन्न लागेको फिल्मका अन्य कलाकारबारे चाडै नै टुङ्गो लाग्नेछ। निर्देशक भट्टराईको फिल्म ‘महापुरुष’ले केहि दिन अघि मात्र सफलतापुर्वक ५१ औँ दिन मनाई सकेको छ।

 

प्रतिक्रिया दिनुहोस्