नीतिलाई डेब्यु गर्ने गार्हो, साईन गरेको बिग प्रोजेक्टको छैन अत्तोपत्तो



रंगखबर, काठमाडौँ: मिस नेपाल २०१७ कि प्रतिष्पर्धी तथा मिस नेपाल इन्टरनेसनल २०१७ कि बिजेता हुन नीति शाह। सोहि बर्ष उनिसँगै प्रतिष्पर्धा गरेकी निकिता चन्दकले भने मिस नेपालको ताज नै पहिरिन सफल भएकी थिईन। त्यसका वावजुत पनि निकिताको भन्दा पनि नीतिको चर्चाले शिखर चुमेको थियो। चर्चाले शिखर चुमिरहदा उनलाई कयौँ निर्माता निर्देशकले फिल्ममा अफर गरेपनि फिल्ममा काम गर्दिन मोडलिङ मै भविष्य बनाउँछु भन्दै आएका अफरहरुलाई उनले अस्विकार गरेकी थिईन।

अब भने उनै नीति अहिले फिल्ममा करियर खोज्दै हिडीरहेकी छन। हुनत नीतिले २ वटा ठुला बजेटका फिल्महरु साईन सम्म गर्न गरिसकेकी छन। उनि सन्तोष सेनले निर्माण गर्ने फिल्म ‘हुतुतु’ र मुकुन्द भट्टको निर्देशन गर्न लागेको भनिएको फिल्म ‘एक्स नाईन’ मा फिक्स नै छिन, तरपनि यी दुई फिल्म कहिले बन्ने हो स्वयम् निर्माण गर्नेलाई पनि अहिले सम्म अत्तोपत्तो छैन। सोहि कारण पनि नीतिले कुन फिल्मबाट डेब्यु गर्ने हो भन्ने अहिले पनि अन्योलनै छ।

अहिले भने उनकोअर्को खबरले चर्चा पाएको छ। त्यो हो नीतिले अभिनय कक्षा लिने। अभिनय नसिकी २ वटा बिग प्रोजेक्ट साईन गरेकी नीतिलाई अहिले आएर अभिनय कक्षाले लिनु पर्ने आवश्यकता महशुस भएको छ। उता नीति भने आफुलाई तयारी अवस्थामा राख्न अभिनय कक्षा लिन लागेको भन्दै आएकी छन। जे होस नीतिले जुनै फिल्मबाट डेब्यु गरेपनि अभिनय सिकेर नै आएको राम्रो। उनलाई शुभकामना !

प्रतिक्रिया दिनुहोस्