नेपाल झरिन मलाईका, नेपाली गहना लगाएर बन्नेछिन शो स्टपर



रंगखबर, काठमाडौँ: बलिउडकि अनारकली मलाईका अरोरा नेपाल आएकी छन। बिहिबार बिहान उनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल झरेकी हुन्। आजै बेलुकी हुने एक फेसन शोको ‘शो स्टपर’का रुपमा उनि नेपाल आएकी हुन् ।  यस अघि पनि नेपाल आईसकेकि उनको यो पटक भने नेपालमा बसाई छोटो हुने बुझिएको छ। हाल उनि दरबारमार्ग स्थित होटल याक एण्ड यतिमै छिन जहाँ आज बेलुकी नेपाल रत्न तथा आभूषण संघले गर्ने फेसन शोमा नेपाली परम्परागत गरगहना लगाएर र्याम्पमा उत्रिनेछिन। आफ्ना पुर्व पति अरबाज खानसँगको सम्बन्ध बिच्छेद पछि अहिले उनि अभिनेता अर्जुन कपूरसँग प्रेममा छिन्। यो जोडीले चाडैनै बिहे गर्ने खबर बाहिरिए पनि आफैले भने मुख  खोलेका छैनन्।

प्रतिक्रिया दिनुहोस्